फिल्मी फण्डा । चलचित्र विकास बोर्डले फिल्म सम्बन्धी कार्यक्रमका लागि २ घन्टा निःशुल्क हल उपलब्ध गराउने भएको छ। बोर्डले विकास बोर्डको हलमा फिल्मको पत्रकार सम्मेलनका लागि हल उपलब्ध गराउने भएको हो ।
फिल्मको गीत, ट्रेलर, टिजर, पोस्टर लगायतका प्रचार सामाग्री सार्वजनिक गर्नका लागि आयोजना गरिने पत्रकार सम्मेलनका लागि बोर्डले निःशुल्क हल उपलब्ध गराउन लागेको हो । कुनै अवार्ड, प्रिमियरका लागि भने हल निःशुल्क उपलब्ध नहुने बताइएको छ ।
मेकरले आफ्नो कार्यक्रम २ घन्टा भित्र सक्नुपर्नेछ । २ घन्टा भन्दा लामो कार्यक्रम भएको खण्डमा भने निर्माताले रकम तिनुपर्नेछ ।