अशोक दर्जीलाई हिरो बनाएर टंक बुढाथाकीले'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बनाउँदै 

फिल्मी फण्डा । गायक टंक बुढाथोकीले आफ्नो हिट गीत 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' शीर्षकमा फिल्म बनाउने भएका छन् । बुढाथोकीले आइतबार यो फिल्मको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् । 

आइतबार बोर्डमा टाइटल दर्ता गरेसङै बुढाथोकीले यो फिल्मको लागि टिकटक स्टार रमेश बिकलाई अनुबन्धित गरेका छन् । उनले यो फिल्मको मुख्य भूमिकामा सोमबार बिकलाई अनुबन्धित गरेका हुन् ।  

टंक बुढाथोकी आँफैले निर्माण तथा निर्देशन गर्ने यो फिल्ममा बाल गायक अशोक दर्जी र टंकको आफ्नै छोरा एआर बुढाथोकीले पनि फिल्ममा डेब्यु गर्दैछन् । टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्।

तिहार लगतै छायांकनमा जाने फिल्म 'मन बिनाको धन ठूलो कि धन बिनाको मन'को नायिका लगायत अन्य कलाकारहरु केहि दिनमा फाइनल गर्ने टंकले जनाए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech