बाढी पीडितलाई पूजा शर्माले बाँडिन्  निःशुल्क खाना

फिल्मी फण्डा । अभिनेत्री पूजा शर्माले काठमाडौंको बल्खु क्षेत्र र ललितपुरको धोबीघाटका बाढी प्रभावित परिवारलाई निःशुल्क खाना वितरण गरेकी छन् । आफ्नै हातबाट उनले खाना वितरण गरेकी थिइन् ।

धोबीघाटमा रहेको आफ्नो ट्याग रेष्टुरेन्ट अघि र बल्खु क्षेत्रमा पुगेर उनले खान बाँडेकी हुन् । अभिनयसँगै पूजा समाजसेवामा पनि सक्रिय छिन् । पछिल्लो शुक्रबार र शनिबार बागमती र गण्डकी प्रदेशमा भीषण बाढी आउँदा सयौंले ज्यान गुमाएका छन् भने सयौं घर डुबानमा परेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech