प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ को बाढीले सेट बगाउँदा आर्थिक नोक्सान

फिल्मी फण्डा। प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ को बाढीले सेट बगाएको छ ।  बाढीले सेट बगाउँदा मुस्ताङको कागबेनी क्षेत्रमा भइरहेको छायांकन रोकिएको छ ।  जसले गर्दा निमार्ण पक्षलाई आर्थिक नोक्सान भएको छ ।

अहिले त्यहाँ ४० लाख रुपैयाँ मूल्य बराबरको सेट बनाएर फिल्म छायांकन भइरहेको जनाइएको छ ।  प्रदीप शाहीले निर्देशन गरिरहेको यो फिल्ममा प्रदीप खड्का, जेमी बेकन, वेनिशा हमाल, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, कविता नेपाली लगायतको अभिनय छ ।

यो साइन्सफिक्सन फिल्ममा बेलायती अभिनेता बेकनले अन्तरिक्षयात्रीको भूमिका निर्वाह गरिरहेका छन् । खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech