पल बाहिरिएपछि ‘कल्ली’को शीर्ष भूमिकामा सौगात र अर्पण

फिल्मी फण्डा ।  फिल्म ‘कल्ली’ निर्माण हुने भएको छ। एक विज्ञप्ति जारी गर्दै शीर्ष कलाकारको लाइनअपसहित निर्माण टिमले फिल्मको घोषणा गरेको छ ।

फिल्मको मुख्य कलाकारमा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल अनुबन्धित भएका छन् । लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने यो फिल्मको छायांकन तिहारपछि सुरु हुने जनाइएको छ ।

चैतको २९ गते फिल्मको प्रदर्शन तय गरिएको जनाइएको छ । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech