फिल्मी फण्डा । नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ एकसाथ देखिने भएका छन् । केही समयअघि फिल्म ‘भाइरल गोर्खे’मा एकसाथ काम गरेका यो जोडी अब फिल्म ‘विनोद’मा पनि एकसाथ देखिने भएका हुन् ।
निर्देशक बलिराम चौहानले निर्देशन गर्ने यो फिल्मको बिहीवार ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो ।
आगामी मंसिर माहिनाबाट छायांकन सुरु गर्ने यो फिल्मलाई बागमती नदीसँग जोडेर तराई र पहाडको संगम स्थलमा खिचिने निर्माणपक्षले जनाएको छ। फिल्ममा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायको पनि अभिनय रहनेछ । फिल्म सन् २०२५ मा रिलिज हुनेछ ।