दयाहाङको मुख्य भूमिका रहेको फिल्म ‘दुखी आत्मा’ मा अनुपविक्रमको इन्ट्री

फिल्मी फण्डा। फिल्म ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन् । २४ भदौबाट सुटिङ सुरु गर्न लागिएको फिल्ममा केही समयअघि नै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित भइसकेका थिए । 

 क्लक वर्क क्रिएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको फिल्म आलोक शुक्लाले खिच्ने छन् । 

निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरूको दोस्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ पछि ‘दुखी आत्मा’ मा सँगै अभिनय गर्न लागेका हुन् ।

काठमाडौँको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्ममा दयाहाङ, आँचल,अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक, अङ्कित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मका गीतमा सुशान्त गौतमको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहने छ । सुदीप ढकाल प्रोडक्शन म्यानेजर रहेको फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech