पल र पुजाको 'रावायण’को आइटम गीत ‘करेजा निकरी’मा निकिता(भिडियो)

फिल्मी फण्डा। पल शाह र पुजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक गरिएको छ । सोनु कक्कर र समिर चौरासियाको स्वर, प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत रहेको गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा सुनिता श्रेष्ठको कष्ट्युम छ ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पाद छ । फिल्म शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech