फिल्मी फण्डा। फिल्म ‘पूर्णबहादुरको सारंगी’को टिजर सार्वजनिक भएको छ । फिल्ममा विजय बराल र प्रकाश सपूतको शीर्ष भूमिका रहेको छ ।
आइतबार सार्वजनिक गरिएको फिल्मको टिजरमा मुख्य पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथा भन्छ । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडको पीडा टिजरमा समेटिएको छ ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा सरोज पौडेलकै लेखन छ । फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिशा बास्तोला, श्याम केसी, जानवी पौडेल लगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेको फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । ‘पूर्णबहादुरको सारंगी’लाई नेपाल र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
https://youtu.be/ibGjUI50A2s?si=_uhLcfbH2RwmOcOF