मध्यमवर्गीय यथार्थ कथामा ‘सानो संसार’को टिजर 

फिल्मी फण्डा । फिल्म ‘सानो संसारः स्टोरिज अफ मिडल क्लास’को टिजर सार्वजनिक भएको छ । सिद्धार्थ पुडासैनी निर्देशित फिल्मको टिजर म्युजिक नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको हो।

मध्यमवर्गीय परिवारको संघर्ष, पीडा र संवेदनालाई टिजरमा चित्रण गरिएको छ । 

नयाँ कलाकारलाई लिएर बनाइएको यो फिल्ममा अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सीतादेवी तिमल्सिना, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

राजधानी मिडिया र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । माधव वाग्ले कार्यकारी निर्माता हुन् । ‘सानो संसार’ असोज ११ बाट प्रदर्शन तयारीमा छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech