फिल्मी फण्डा । चलचित्र ‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर रिलिज गरिएको छ । निर्माणपक्षले आज रिलिज गरेको पोस्टरमा नायक प्रदीप खड्का फिचर्ड छन् ।
सार्वजनिक पोस्टरमा प्रदीप लामो कपाल र निन्याउरो अनुहारमा देखिएका छन् ।
निर्देशक राजन भुसालको निर्देशन गरेको यो चलचित्रमा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय छ । नायक खड्काले पहिलो पटक आना र दिव्यासँग सहकार्य गरेका हुन् । दिव्याको यो डेब्यु चलचित्र हो।
आगामी कात्तिक १५ गतेबाट प्रदर्शन गरिने यो चलचित्रका निर्माता थमन कुमारी भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको चलचित्रको लाइन प्रोड्युसरमा तोरन क्षेत्री, कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् ।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका छन् । निमेश श्रेष्ठको सम्पादन रहेको यो चलचित्रको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।