'सरी मम'को विशेष प्रदर्शनी सम्पन्न 

फिल्मी फण्डा । सिनेमा 'सरी मम'को विशेष प्रदर्शनी गरिएको छ । हिसान बागमती प्रदेश र एनएफआई क्रियसनको सहकार्यमा लागूऔषध दुव्र्यसन विरुद्धको सह-चेतना कार्यकम संगै सरी मम सिनेमा देखाईएको हो ।

 विद्यालयमा प्रदर्शन गर्नका लागि बिद्यार्थीको लागि ओरदर्शन उपर्युक्त हुने नहुने निर्क्योल गर्नका लागि पहिला सिनेमा हिसान काठमाडौं ,   भक्तपुर ,ललितपुर ,काभ्रेका अध्यक्ष लगायत प्याब्सनका सरहरु  र  हिसानका शिक्षकहरुलाई यही भाद्र ८ गते बिहान  आईएनआई सिनेमा हल नया बानेश्वरमा सिनेमा देखाइएको थियो ।

 कार्यक्रमको प्रमुख अतिथी हिसानका रमेश कुमार सिलवाल रहेका थिए भने लागू औषध नियन्त्रण ब्युरो प्रमुख दिनेश कुमार आचार्यको विशेष आतिथ्यता रहेको थियो । 

नविन बोगटीको निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल  लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech