पल र पुजाको मुख्य भूमिका रहेको फिल्म ‘रावायण’को एक्सनप्रधान ट्रेलर सार्वजनिक(भिडियो)

फिल्मी फण्डा । फिल्म ‘रावायण’ को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ ।  यो एक्सनप्रधान फिल्ममा पल शाह दोहोरो भूमिकामा देखिएका छन् । 

 काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा पूजा शर्मा, प्रियका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही लगायत पनि अभिनय छ ।

यो फिल्मको निर्माण पूजा शर्माले गरेकी हुन् । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको रिलिज भदौ २१ गते हुने जनाइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech