जितु र नीतिको "ज्वाइँ साब "असोज २४ बाट प्रदर्शन हुने, दिपकदिपासँग भिड्दै

फिल्मी फण्डा । फिल्म ‘ज्वाई साब’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मको निर्माण टिमले फस्टलुक  सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फाइनल गरेको हो । बसन्त निरौलाको निर्देशनमा तयार भएको  यो फिल्मलाई असोजको २४ गते फूलपातिबाट देशभरका हलमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो ।

दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार  भएको यो फिल्मको शिर्ष भूमिकामा कलाकार जितु नेपाल र नीति शाह छन् ।

फिल्ममा वुद्दि तामाङ,  शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु    पाण्डे लगायतका कलाकारहरुको अभिनय छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । 

रेड आई फिल्मस्को प्रस्तुतिमा मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech