काठमाडौँ र पोखरामा भारतीय फिल्म प्रदर्शनमा रोक, आदिपुरुषबाट गल्ति स्विकार्दै बालेनलाई पठायो पत्र

फिल्मी फण्डा ।  सोमबारदेखि काठमाडौँ र पोखरा महानगरपालिकामा भारतीय फिल्म प्रदर्शनमा निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिका भित्रका हलहरुलाई भारतीय फिल्म सोमबारदेखि प्रदर्शन नगन निर्देशन दिएका हुन् । 

महानगरको उक्त निर्देशनपछि काठमाडौं महानगरभित्रका कुनै पनि हलहरुले भारतीय फिल्मको शो सार्वजनिक गरेका छैनन् । भारतीय फिल्म आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त फिल्मको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको भए पनि सो पुरा नभएका कारण भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय महानगरले गरेको हो । 

 ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त फिल्म यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त फिल्मबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, महानगरले भनेको छ । 

मेयर बालेन शाहले महानगरपालिका एकता सम्बन्ध अनुसार पाँच महानगपालिकालाई पनि मौखिक रुपमा भारतीय फिल्ममा रोक लगाउन सल्लाह दिएका छन् । उनले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको फिल्मको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो फिल्म प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताउँदै अन्य ठाउँमा पनि भारतीय फिल्म रोक्न हौसाएका हुन् । 

पोखरा महानगरपालिकामा पनि निषेध
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अन्य महानगरपालिकामा पनि भारतीय फिल्म निषेध गर्न मौखिक सल्लाह दिएपछि पोखराले सबैभन्दा पहिले काठमाडौं महानगरलाई सहयोग गरेको छ । ‘आदिपुरुष’ लाई लिएर विवाद चर्किदै गएपछि पोखरा महानगरभित्र कुनै पनि भारतीय फिल्म प्रदर्शन गर्न नदिने पोखरा महानगरले भनेको छ ।

पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न औपचारिक पत्राचार नै गरेको छ । मेयर धनराज आचार्यले हलहरुलाई पत्र लेख्दै फिल्म रोक्न निर्देशन दिएका हुन् । दई महानगरपालिका पछि ललितपुर, विरगंज, विराटनगर र भरतपुर महानगरपालिकाले के गर्छन् भन्ने पखाईको विषय बनेको छ ।

pokhara.jpg

‘आदिपुरुष’ निर्माण कम्पनीलले पठायो बालेनलाई पत्र 
‘आदिपुरुष’को निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका साझा इमेल पठाउँदै माफी मागेको छ । 

निर्माण कम्पनीले फिल्ममा समावेश संवादले नेपालमा पर्न गएको संवेदना र चोटप्रति माफी मागेको हो । कम्पनीकी राधिका दासद्वारा हस्ताक्षरित पत्रमा अभिनेता प्रभासले भनेको संवादले सीता माताको जन्मथलोलाई इंगित नगरेर भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा भन्न खोजिएको बताइएको छ । उक्त संवादलाई कलात्मक शैलीबाट मात्र बुझ्न निर्माण कम्पनीले भनेको छ । 

फिल्मका निर्माण टिमले माफी मागेको पत्र पठाएपनि फिल्ममा उक्त संवाद नसच्याएको भन्दै मेयर बालेन शाह र पोखरा महानगरले भारतीय फिल्ममा निषेध गरेको जनाएको छ ।

“फिल्ममा संवाद संसाभर प्रदर्शनको अवस्थामा हटाउने र सच्याउने काम पुष्टि भएको छैन । विवाद भएपछि माफीको पत्र पठाए, त्यो पनि हेपिएको पारामा । त्यसैले सोमबारबाट भारतीय फिल्ममा रोक लगाइएको हो ।” बालेन शाहका सचिवालय टिमले भनेका छन् ।

aadipurush letter.JPG

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech