‘आदिपुरुष’को बिहानी शो रोकियो, दिउँसो बाट बुकिङ खुल्ला

फिल्मी फण्डा । दक्षिण भारतीय फिल्म आदिपुरुषको काठमाडौंमा विहानी शो रद्द गरिएको छ । चलचित्र संघले आकस्मिक बैठक गरेर विहानी शोहरु रद्द गर्न सबै हललाई परिपत्र गरेको थियो ।

फिल्ममा “जानकी भारतीय छोरी हुन्” भन्ने संवाद समावेश भएपछि सेनसर बोर्डदेखि शुरु भएको विवाद सामाजिक सञ्जालसम्म आईपुग्दा धेरैले फिल्मको आलोचना गरेका छन् । 

उक्त आलोचनाका कारण हलमा अप्रिय घटना हुन सक्ने आशंकामा हलहरुमा विहानी शो रद्द गरिएको चलचित्र संघले जनाएको छ । काठमाडौंका विभिन्न हलमा बुकिङ भईसकेको टिकटको पैसा फिर्ता गरिएको छ । हलहरुमा सबैभन्दा ठूलो चेन क्युएफएक्सले शुक्रवार साँझ पछिको शो मात्रै राखिएको छ । यस्तै विग मुभिजलगायतले दिउँसोबाट शोहरु राखिएको छ ।
 
सामाजिक सञ्जालमा फिल्म आदिपुरुष, वितरक र हलप्रति आक्रोसित हुनेहरुले समाजिक सञ्जालमा तिब्र आलोचना गरेपछि हलहरुले असुरक्षित महसुश गरि शो बन्द गर्नुपरेको बताइएको छ । विभिन्न हलमा सूचना नै टाँस गरेर शो बन्द भएको जानकारी गराएका छन् । काठमाडौं बाहिर पनि परिस्थिती हेरे मात्रै फिल्म आदिपुरुष प्रदर्शन गर्न संघले सचेत गराइएको छ । 

qfx.jpg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech