'शिरफूल' मिर्छुलुङको मौलिक कथा हो : निर्देशक कमल

फिल्मी फण्डा । तनहुँ जिल्लामा मिछुर्लुङ भन्ने एउटा सुन्दर मगर बस्ती छ, जहाँ एक लाहुरे दाजै र दुई बहिनी ज्वाइँ मिलेर बसेको परिवार छ । मगर समुदायको सुन्दर पक्ष भनेको बिहे गरेर गएको छोरी चेलीसंगै जोडिने परिवार सम्बन्ध पनि एउटै परिवार भएर बस्नु हो । गाउँको आँप डाँडा मन्दिरमा लाग्ने मेलामा रमाइलो नाचगान गर्ने, खाने पिउने र मन्दिरमा पूजा गर्ने कार्य चलिरहेको बेला अकस्मात मातेको जोसमा घरायसी झगडा सुरुहुन्छ । झगडा छुट्टाउने क्रममा  हुलमुलमा धारिलो हतियारले जेठो ज्वाईको ज्यान लिन्छ र सुन्दर परिवार तितरबितर हुन्छ अनि कथा जन्मिन्छ 'शिरफूल'।

shirphool .jpg

एउटा धनी भुपु लाहुरे बाउको छोरी जस्को आमा छैन, कलेजका लेडि ग्याङसंग घुम्ने डुल्ने पार्टी गर्ने रात रातभर क्लव बस्ने धूम्रपान गर्ने मातेर हिड्ने छोरीलाई आफ्नो रितिरिवाज अनुसार विवाह गर्न आफ्नो संस्कार सिकाउन बाले गर्ने संघर्षको कथा हो फिल्म शिरफूल।

''म्युजिक भिडियो सम्पादन निर्देशन गर्दै आएको मेरो लागि फिल्ममा पहिलो काम थियो 'शिरफूल' । म लगाएत धेरै जनाको लागि पहिलो थियो । संगैकाम गरेको टिमलाई नै फिल्ममा टिम बनाएको थिए । रुपा राना दिदी, राज थापा दाइ लगाएत केही सिनियर र अधिकांस थ्रीयटरको सुन्दर भविष्य देखेका कलाकार थिए'' – निर्देशक कमलले बताए।

आदिवासी जनजाति महिलाहरुले शिरमा लगाउने एक प्रकारको सुनको गहना हो 'शिरफूल' । नारीले शिरमा सजाउने र फूलको आकार हुने भएकाले 'शिरफूल' भनिएको हो । मगर समाजमा छोरी–चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको, निर्देशक कमलले बताए । बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक बिचलनलाई चित्रित गरिएको एक नारी प्रधान चलचित्र हो । फिल्मले मगर समुदायको मामा चेली फूपू चेलामा लाग्ने हक पनि दर्साउछ ।

'शिरफूल' को गीत संगीत पनि अब्बल छ । शिर्ष गीत शिरफूल लाउने को हो नि...  ले निक्कै चर्चा पाएको थियो । त्यस्तै गुरुङ मगर समुदायको हरेक जसो सांस्कृतिक कार्यक्रममा बज्ने गीत हो नानीलाई सुहाउने झुम्के बुलाकी कौरा गीत,चलचित्र केहि बर्ष अघि नै निर्माण भएर प्रदर्शनमा आएको थिएन। फिल्म साउन १८ गतेबाट देशभर प्रदर्शनमा आउने छ।

बहुजाती बसोबास गर्ने नेपालमा फरक फरक जातजाती को आ-आफ्नै संस्कार संस्कृती छ । यी मध्ये मगर समुदायको संस्कार चलन चल्ती बुझ्न, कल्चर एक्सचेञ्ज गर्न पनि यो फिल्म हेर्न पर्ने हुन्छ। हङकङ लगायत थुप्रै ठाउँमा शो गर्दा विशेष शोमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी रहेको सिनेमामा देवराज आले मगरको कथा तथा राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ । ‘शिरफूल’मा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, निरोज श्रेष्ठको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech