कलाकार संघ र सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सहुलियतमा सम्झौता

फिल्मी फण्डा । नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह बिच सम्झौता पत्रमा हस्तक्षर भएको हो । बुधवार हस्पिटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दुबै पक्ष बिच हस्ताक्षर गरिएको हो ।  

33f092d1-9132-4412-a027-f569cda591b0.jfif

 

सम्झौता पछी कलाकार संघका सदस्यहरुले आफ्नो परिचय पत्रको आधारमा छुट पाउने भएको छ । सबै खालको सेवा प्रदान गर्दै आएको हस्पिटल गैर नाफामुलक हस्पिटल हो । झण्डै १४ रोपनी क्षेत्रफलमा फैलिएको हस्पिटलमा आईसियु, आईआईसियु, सिटीस्क्यान, अर्थोपेडिक, न्युरोलोजी, गाइनोलोजी, ग्यास्ट्रोलोजी, पेडिएट्रिक, कार्डिओलोजी, नेफ्रोलोजी, न्युरोसर्जरी, न्युरोफिजिएट्री, फिजिओथेरापी, इएनटी, इन्टर्नल मेडिसिन, अनेस्थेसिआ, जनरल ल्यापरोस्किपिक, रिडियोलोजीलगायत विभिन्न सुविधाहरु न्युनतम खर्चमा गुणस्तर सेवा प्रदान गर्दै आएको छ ।  

कलाकार संघका सदस्यहरुको लागि सिल्भरलाईनले निशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गरिने भएको छ । उच्चस्तरीय प्रविधि र नयाँ व्यवस्थापन सहित हस्पिटलल अहिले संचालनमा छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँ र कार्यक्रम संयोजक तथा कलाकार संघका उद्वव प्रसाद भट्टराईले गरेका हुन । कार्यक्रममा बरिष्ठ कलाकारहरु बसुन्धारा भुषाल, भुवन चन्द, चौत्यदेवी सिंह, लय संग्रौला, पुरन जोशीसहित कलाकार संघका सम्पूर्ण पदाधिकारी, चलचित्रकर्मी र हस्पिटल परिवारको उपस्थिती रहेको थियो ।  

94dd3f5c-7ebd-4a87-8a3c-509b661e4d9f.jfif

9c22501b-6024-4d36-8385-5a8892edcada.jfif

कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघले धेरै समय विभिन्न हस्पिटलमा छुट पाएपनी औपचारिक रुपमा पहिलो पटक सम्झौता सिल्भरलाईन हस्पिटलसँग भएको बताए । उनले धेरै सुविधा र छुट सिल्भरलाईनबाट पाएको बताए । यस्तै हस्पिटलका निर्देशक डाक्टर अनिमेश जोशीले कलाकार संघका पदाधिकारी र सदस्यहरुलाई सम्झौतामा उल्लेख भएको सेवा बाहेक अन्य विभिन्न व्यवहारिक पक्ष र सेवामा समेत भारी छुट हुने बताए । उनले हस्पिटलमा सबै डाक्टर युवा उमेरका रहेकाले सेवाको लागि गुणस्तरमा पूर्ण प्रतिवद्व रहेको बताए ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech