सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा

फिल्मी फण्डा । सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौं (सिजन १)’को दुई पोस्टर रिलिज भएको छ । डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । सार्वजनिक एक पोस्टरमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । पोस्टरमा सलिनाले आफ्नो चप्पललाई काँधमा लौरोको सहारामा अड्याएकी छिन् भने आर्यनले पनि त्यसैगरी जुत्तालाई लौरोमा राखेर काँधमा अड्याएका छन् ।

कुनै एक खोलामा उनीहरुलाई प्रफुल्लित मुद्रामा देख्न सकिन्छ । त्यस्तै अर्को पोस्टरमा सलिना र आर्यनलाई मोटरसाइकलको अगाडि बसेको र त्यसकै छेउमा रोपाईमा रमाएको देख्न सकिन्छ । पोस्टरमा डकुड्रामामा खिचिएका दृश्यहरुको स्टिल तस्वीरलाई समेत स्थान दिइएको छ । पोस्टरका तस्वीरमा गाम्रीण जनजीवनलाई देख्न सकिन्छ । आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायतको अभिनय छ ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो । डकुड्रामामा रामजी राउत निर्देशन गरेको हुन रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ ।

 
 
 
 
 
 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech