ग्रामिण चलचित्र महोत्सव जेठ २५ देखि भकुण्डेबेसीमा हुने

फिल्मी फण्डा । नेपाल ग्रामिण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा आयोजना हुने भएको छ । काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै सेलिब्रिटी नेपालले जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जनाएको छ ।

महोत्सवमा २६ वटा फिल्म प्रदर्शन हुने सहभागी हुने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् ।

महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई पुरस्कृत गरिने भएको छ । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु र नेपाली चलचित्र हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा सापकोटाले भने, ‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech