ऋतिकसँग डेट गर्दा आफूले काम नपाएको सबाको गुनासो

फिल्मी फण्डा । बलिउड अभिनेता ऋतिक रोशन र सबा आजाद बलिउडको चर्चित जोडीको सूचीमा पर्छन् । तर साबाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट सेयर गर्दै साढे दुई वर्षदेखि काम नपाएको बताएकी छन् । 

उनले ऋतिकसँग डेट गरेपछि कुनै भ्वाइस ओभरको काम नपाएको खुलासा गरेकी हुन् । अभिनेत्रीले यसैसँग सम्बन्धित एक पोस्ट सेयर गर्दै आफूले कस्तो समस्याको सामना गर्नुपरेको बताएकी छिन् ।

स्टोरी सेयर गर्दै साबाले लेखेकी छिन्, 

‘म आफ्नो काममा फर्किएँ । करिब दुई वर्षपछि भ्वाइस ओभर गर्दैछु । तर, म दुई वर्षपछि मात्र किन फर्केँ भन्ने कुरा बताउँदै छु । तपाईं मध्ये कसैलाई थाहा हुन सक्छ र कसैलाई थाहा नहुन सक्छ। म धेरै वर्ष भ्वाइस आर्टिस्टको रूपमा काम गरिरहेको थिएँ। मैले १ सयभन्दा बढी विज्ञापनहरूको लागि डब गरेको छु। मलाई भ्वाइस डबिङ गर्न असाध्यै मन पर्छ ।

धेरै राम्रा निर्देशकहरूसँग धेरै विज्ञापनहरूमा काम गर्ने मौका पाएँ। साढे दुई वर्षअघि महिनामा ६ देखि ८ भ्वाइस आर्टिस्ट को काम आउँथ्यो । अहिले एउटा पनि उपलब्ध छैन । हो, तपाईंले सहि सुन्नुभयो

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech