यस्तो देखिइन् वर्षा सिवाकोटी ‘मोदीबेनी’को पोस्टरमा 

फिल्मी फण्डा। अभिनेत्री वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘मोदीबेनी’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।

वर्षालाई पोस्टरमा रहस्यमय भावमा प्रस्तुत गरिएको छ । पोस्टरमा पहाडी इलाका, उकालो बाटोसहितको ग्रामीण परिवेश देख्न सकिन्छ । बुट्टा भएको सेतो कपडामा उनी फिचर्ड छिन् ।

वर्षाको चरित्र केही सस्पेन्स रहेको अनुमान गर्न सकिन्छ ।  यो फिल्मबाट डेब्यु गरेका अमरप्रताप श्रेष्ठको क्यारेक्टर लुक्सलाई ‘एंग्री योङम्यान’को लुक्समा देखाइएको छ । पोस्टर हेर्दा उनी एक्सन अवतारमा फिल्ममा हुनसक्ने अनुमान गर्न सकिन्छ । उनले ओजस थिएटरमा अभिनय प्रशिक्षण लिएर केही नाटकमा अभिनय गरेका थिए ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथावस्तुमा फिल्म निर्माण भएको जनाइएको छ । फिल्ममा रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय छ ।

रेजिनाको यो कमब्याक फिल्म हो । पटकथा आनन्दविक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप केसी र हरि श्रेष्ठ सहनिर्माताको रुपमा छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech