केक काटेर ‘महाजात्रा’ले मनायो ५१ दिन

फिल्मी फण्डा । फिल्म ‘महाजात्रा’ले शनिबार प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । १० हलमा फिल्मले उक्त उपलब्धी हासिल गरेको हो ।

काठमाडौंको क्युएफएक्स, आइएनआई, एफक्युब, वान, बीएसआर, रञ्जना, बिग, सिने द सेफ र नेपालगञ्जको सिने रोयलमा फिल्म ७ हप्ताभन्दा बढी समय प्रदर्शन भएको हो ।

निर्माण कम्पनी षट्कोण आर्टस्ले निर्माण गरेको यो फिल्मका अघिल्ला श्रृंखला ‘जात्रा’ र ‘जात्रै जात्रा’ले पनि ५१ दिनसम्म प्रदर्शन भएका थिए ।

यो उपलब्धी मनाउन निर्माताले शनिबार सिभिल हलमा कार्यक्रम आयोजना गरेका थिए । जहाँ ‘कास्ट एण्ड क्रू’को उपस्थितीमा खुशि बाँड्दै केक काटियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech