फिल्म ईश्वरको प्रिमियर शो वैशाख २९ गते पोखराको चिप्लेढुंगामा हुने

फिल्मी फण्डा ।  राजु गीरीको लेखन तथा निर्देशन रहेको फिल्म ईश्वरको प्रिमियर शो आगामी वैशाख २९ गते पोखराको चिप्लेढुंगामा हुने भएको छ । चिप्लेढुंगा स्थित पोखराको ट्रेड मल सिनेप्लेक्समा वैशाख २९ गते विहान ११ बजे चलचित्रको प्रिमियर शो हुने भएको हो ।

फिल्म ईश्वर दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । जसमा निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन् भने पटकथा तथा संवाद भोजराज देवकोटाको रहेको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको पनि अभिनय छ । यो सिनेमाबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि कमब्याक गरेकी छन् । 

अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech