'सर्खारको सर'को नियमित प्रशारण

फिल्मी फण्डा। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ को चौंथो भाग प्रशारण भएको छ । नेपाल नेटवर्क टेलिभिजन मार्फत 'सर्खारको सर' नियमित रुपमा प्रशारण भएको निर्माण संस्था सेलेब्रेटी नेपालले जनाएको छ ।

'सर्खारको सर'मा श्रृंखलामा दीपक आचार्य, रबिन्द्र झा, सिपि पुडासैनी, लीला केसी, जगदिश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी, तलिसा गुरुङ, डिम्पल खरेल, सबिता खड्का, रमेश अधिकारी, बिरबल घले लगायतका कलाकारको अभिनय रहेको छ ।

'सर्खारको सर'मा कलाकार रविन्द्र झा डाक्टरको भुमिकामा छन् । चलचित्रका दर्शक र टेलिभिजनका दर्शक छुट्टै हुने र टेलिभिजन हेर्ने दर्शकको झन् धेरै माया पाउने भएकाले आफुले चलचित्रको सुटिंगबाट केहि समय निकालेर सिरियलमा काम गरेको झाले बताए।

यो श्रृंखला प्रत्येक बुधवार राति ८ः४५ बजे प्रसारण हुने गर्दछ । टेलिभिजन पश्चात डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत 'सर्खारको सर' सार्वजनिक हुनेछ। ‘सर्खारको सर’ मा राजनीतिक विकृति–विसंगतिसंगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ ।

श्रृंखलाको निर्देशन बिनय राज पौडेलले गरेका छन् । राजेन्द्र बजगाईंको संगीत रहेको ‘सर्खारको सर’ को कथा कार्यकारी निर्माता समेत रहेका रघुनाथ सापकोटाले लेखेका हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech