‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक 

फिल्मी फण्डा । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको छ । 

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा एक बस्तीका दुई अलग समुदायको कथा पेस गरेको छ । 

अन्तर्जातीय सम्बन्धको कथामा बनेको फिल्म निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक ९कवि०, जीवन बराल, अनिल सुब्बा, लोकमणी सापकोटा लगायतको अभिनय छ ।

फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने छायाँकार पनि उनी नै हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्णु कुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह–निर्मातामा रहेका छन् । फिल्म वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech