घरबाहिर हवाई फायरिङ भएपछि बढाइयो सलमान खानको सुरक्षा

फिल्मी फण्डा । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् । यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ । अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech