‘आई एम ट्वान्टी वान’लाई अनमोल र प्रदीपको एकसाथ शुभकामना 

फिल्मी फण्डा । नेपाली फिल्ममा कलाकारबीचको सम्बन्धलाई सायदै अनुमान लगाउन सकिन्छ । कहिले प्रतिस्पर्धा त कहिले मित्रता जस्तो व्यवहार प्रस्तुत गरिरहेका कलाकारहरुले मिडिया र दर्शकलाई फरक सन्देश दिईरहेका हुन्छन् । 

अझ विशेषगरि पछिल्लो समय अभिनेता अनमोल केसी र प्रदीप खड्काको प्रतिस्पर्धा र सम्बन्ध सतहमै देखिएको थियो । तर संयोग मानुपर्छ यी दुबैले रेनाशा राईले निर्देशन गरेको फिल्म 'आई एम ट्वान्टी वान'लाई शुभकामना दिएका छन् । फिल्ममा दुबै अभिनेताको प्रतिस्पर्धी कै रुपमा हेरिएको अर्का अभिनेता धिरज मगरको प्रमुख भूमिका रहेको छ ।

तर यो संयोग भने रेनाशा राईसँग अनमोल केसी र अभिनेत्री जसिता गुरुङसँग प्रदीप खड्को सम्बन्धका कारण संभव भएको हो । 'आई एम ट्वान्टी वान'मा अभिनेत्री जसिता गुरुङ अभिनेता धिरजसँग फिचरमा छन् । 

वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’ फरक प्रचार शैली र निर्मणका कारण पनि चर्चामा छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech