फिल्मी फण्डा । गत शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म फिल्म ‘उपहार’ ले राम्रो व्यवसाय गरिरहेको निर्माण युनिटले बताएको छ । फिल्म सार्वजनिक प्रदर्शनमा आएको केही दिनपछि निर्माण युनिटले यसको गीत ‘खाडीमा भेटौँला’ सार्वजनिक गरेको छ ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतमा रेखा थापा, मुकुन भुसाल र राइडर प्रशान्तको अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको ब्यानरमा बनेको हो ।
फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।