फिल्मी फण्डा । निर्माण घोषणासँगै चर्चामा रहेको फिल्म ‘कामिनो’ को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने फिल्ममा केही समयअघि प्रदिप खड्का, वर्षा शिवाकोटी, नीति शाह हुदै राजबल्लभ कोइराला ईन भएका थिए ।
शुक्रबार अर्का अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । निर्माण पक्षले सोमबार ‘कामिनो’ मा भोलाराज सापकोटा, प्रविण खतिवडा, रबिन्द्र झा, कुलदीप अधिकारी र आइपी आचार्यलाई अनुबन्ध गरेसँगै नेपाली कलाकारको ‘लाइन अप’ पूरा भएको निर्माण पक्षले जनाएको छ । अब यो फिल्म मल्टिस्टारर फिल्म भएको छ ।
फिल्ममा प्रदिपसँग नीति र सौगातसँग बर्षाको अनस्क्रिन रोमान्स देखिने संभावना देखिएको छ । एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् ।
फिल्ममा केही विदेशी कलाकार रहने र त्यसको तयारी शुरु भएको दिर्नेशक वलीले बताएका छन् । बैशाख दोश्रो साताबाट छायांकन सुरु गरिने फिल्मको हाल वर्कशप कार्य भइरहेको छ ।
सौरभ लामाले खिच्ने फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा सागर श्रेष्ठ छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।