पहिलो सन्तानको रुपमा रेखा थापालाई पुत्रीलाभ

फिल्मी फण्डा । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन– ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech