कलाकार संघको अध्यक्षमा मोहन निरौला

फिल्मी फण्डा । कलाकार संघले नयाँ नेतृत्व पाएको छ । संघको शनिवार सम्पन्न चुनावी साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वमा मोहन निरौला आएका छन् । उनले आफ्नो निकतम रेजिना उप्रेतीलाई २६ मत अन्तरले हराएकी थिइन् । कूल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत ल्याए भने रेजिनाले २०९ मत ल्याइन् ।

संघको महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकतम उत्तम केसीलाई १० मतले पछि पारे । यस्तै उपाध्यक्षमा कविता गेलाल विजयी भएकी छिन्, भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् ।

त्यस्तै, सचिवमा रामेश्वर बुर्लाकोटी विजयी भएका छन् । कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा निरौलाकै प्यानलबाट सह–कोषाध्यक्षमा उम्मेद्वारी दिएकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् । 

१० जना सदस्यहरूमा सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् । अन्य सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्दव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech