जय हो बुधवारबाट फ्लोरमा

फिल्मी फण्डा । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्म  ‘जय हो’ छायाँकनमा जाने भएको गएको छ । बुधजारबाट फिल्मको छायाँकन हुने निर्देशक शोभित बस्नेतले जानकारी दिए । जय होमा निशा अधिकारी, सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय रहने छ । फिल्मलाई टेक पौरखीले निर्देशन गर्नेछन् ।

सलोन लामो समय देखि सिनेमा उद्धोगमा सक्रिय छन् । उनले सर्पोरटिङ क्यारेक्टर भएर दर्जनौ फिल्ममा काम गरेका छन् भने केहि फिल्ममा लिड भएर पनि काम गरेका छन् । यसपटक भने उनि फिल्म निर्माणमा होमिएका छन् । आफ्नो १० वर्षीय अनुभवलाई समेटेर नयाँ यात्राको सुरुवात गरेको उनले बताए ।

फिल्मको छायांकन ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत पोखरामा हुने बताइएको छ । सुरेश न्यौपानेको कथा, सौरभ लामाको छायांकन, राज के अधिकारी र सुरज सरकारको लगानी रहेको सिनेमा आउँदो वर्षको भदौ ८ गतेबाट प्रदर्शनमा ल्याउने सोभितले बताए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech