रेखा फिल्म्सको अनटाइटल फिल्ममा पूजा शर्मा अनुबन्धित

फिल्मी फण्डा ।  अभिनेत्री पूजा शर्माले रेखा थापाको फिल्म साइन गरेकी छन् । सोमबार रेखा फिल्म्स र पूजा शर्मा बिच कागजी सम्झौता समेत भएको छ । 

रेखा र पूजाले संगै काम गर्ने भनिएको थियो तर कागजी सम्झौता नभएकाले निश्चिति भने थिएन । अब भने उनिहरुले संगै स्क्रीन सेयर गर्ने पक्का भएको छ । यो फिल्ममा आँचल शर्मा पनि रहने चर्चा त छ तर, आँचल सँग भने कुनै कागजी साझौता भएको छैन । 

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखा र पूजा सँगै देखिने चर्चामै पनि दर्शक उत्साहित थिए । पूजा र रेखा फिल्म्स बिच सम्झौता भएपछी दर्शकमा अर्को उत्साह थपिएको छ ।

३ अभिनेत्रीको मुख्य भुमिकामा निर्माण हुने यो फिल्म बैशाखको पहिलो साताबाट फ्लोरमा जाने निर्माण टिमले बताएका छन् ।

रेखाको केही वर्षिय ग्यापपछि आउने फिल्म भएकाले पनि यो फिल्म दर्शकको प्रतिक्षामा रहेको छ । राजनीतिमा व्यस्त भएकाले फिल्म नखेलेकी रेखालाई फेरि दर्शकले ठूलो पर्दामा हेर्न चाहिरहेका छन् । दर्शकको उक्त चाहाना छिट्टै पूरा हुने अब भने निश्चित छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech