फिल्मी फण्डा । फिल्म ‘खजुरे ब्रो’ को छायाङ्कन सकिएको छ । धरानका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मको छायाङ्कन २५ दिनमा सकिएको हो । फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेतीले फिल्मको छायाङ्कन सोचेभन्दा राम्रो र छिटो सकिएको जानकारी दिए ।
पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित फिल्मको निर्माता नवीन मानन्धर हुन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा सुरज सुनुवार निर्देशन रहेको फिल्म ‘खजुरे ब्रो’ निर्माणमा सुरजलाई नवीन मानन्धरले साथ दिएका छन् । फिल्मका लेखक समेत निर्माता सुरज हुन् ।