सुरक्षाले कसिन लगनगाँठो

फिल्मी फण्डा । अभिनेत्री सुरक्षा पन्तले आज बिहिबार विवाह गरेकी छन् ।

प्रेमी मानव सुवेदीसँग उनले आफन्त र परिवारका बीच चितवनमा सम्पन्न भएको हो । सुरक्षा र मानव लामो समयदेखि प्रेममा थिए । उनीहरुले लुकाएर राखेको प्रेम केहि हप्ता अगाडि मात्र बाहिर आएको थियो । 

फेसबुकमा फोटो पोस्ट गर्दै सुरक्षाले आफुहरुले विवाह गरेको जानकारी दिएकी छिन् । बुधबार इन्गेजमेन्ट गरेर आज उनीहरुले विवाह गरेका हुन् ।

जे होस्, मानवले निर्देशक र अभिनेता भएर फिल्म र म्युजिक भिडियोमा काम गरेका छन् । एउटै उद्धोगमा भएकाले पनि मानव र सुरक्षाले केहि म्युजिक भिडियोका कामहरु संगै पनि गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech