चर्चित कलाकार सागर लम्साल ‘बले’ले किने विद्युतीय गाडी

फिल्मी फण्डा ।  टेलिभिजन सिरिजका चर्चित कलाकार सागर लम्साल ‘बले’ले नयाँ बिजुली गाडी किनेका छन् । यसअघि हुन्डाईको आई–ट्वान्टी एक्टिभ चलाउँदै आएका बलेले त्योसँग साटेर एमजी ब्राण्डको ईभी गाडी ५३ लाख रुपैयाँमा किनेका हुन् ।

पेट्रोलबाट चल्ने गाडी चलाउँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च भएको अनुभव सुनाउँदै उनले विद्युतीय गाडीले पैसा बचत हुने आशा लिएको बताए ।

उनले धेरै बिजुली गाडी चढ्दा ऊर्जाको पनि खपत हुने बताए । बलेले तीन वर्षदेखि गाडी प्रयोग गर्दै आएका छन् ।

कामको कुरा गर्दा उनी यतिबेला ‘सक्किगो नि’ टिभी सिरिज र म्युजिक भिडियोमा व्यस्त छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech