रेखा र पूजासँगै छविको फिल्ममा आँचलको इन्ट्री

फिल्मी फण्डा ।  निर्माता छविराज ओझाको निर्माणमा बन्न लागेको फिल्ममा रेखा थापा र पूजा शर्मा सँगै अभिनेत्री आँचल शर्माको पनि प्रवेश भएको छ । रेखा र पूजाले सँगै फिल्म गर्ने चर्चा चलेपनी पूजा भएको फिल्ममा आँचलको प्रवेश होला भन्ने कसैले सोचेका थिएनन् ।

फिल्म क्षेत्रमा पूजा र आँचललाई एक अर्काको दुश्मन नायिका मानिन्छ । तर, एकसाथ फिल्ममा जोडिन दुबै जना सहमत भएपछि यी दुइको दुश्मनीले पनि बिट मार्ने पक्का भएको छ । यो फिल्म क्षेत्रकै लागि सुखद कुरा पनि हो । 

फिल्मको छायांकन चैत्रको तेश्रो साताबाट सुरु हुनेछ । तिन चर्चित नायिका एउटै पर्दामा देखिदा दर्शकका लागि पनि यो फिल्म विशेष हुने पक्का छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech