ज्याक्की आइ एम २१ को टिजर सार्वाजनिक

फिल्मी फण्डा । ज्याक्की आइ एम ट्वान्टी वानको टिजर सार्वजनिक भएको छ । 

धिरज मगर र जसिता गुरुङ स्टारर फिल्म ‘ज्याक्की आइ एम ट्वान्टी वान’को टिजरमा पनि धिरज मात्र अटाएका छन् । नृत्यकार बन्ने सपना बोकेका धिरज अर्थात ज्याक्किको कथामा फिल्म निर्माण भएको प्रष्ट छ । 

टिजरमा राखिएको डान्स स्टेपहरु आकर्षक छन् । धिरजले आफ्नो डान्स क्षमतालाई यहि फिल्मको लागि वृद्दि समेत गरेका थिए । टिजरमा ज्याक्कीले आर्मीको ट्रेनिङ लिरहेको पनि देखाइएको छ । 

रेनासा बान्तवा राइले निर्देशन गरेको फिल्ममा धिरज र जसिताको अलावा अरुण छेत्री, प्रेम सुब्बा, लूनिभा तुलाधर, पल्पसा डंगोल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech