फिल्मी फण्डा । लेखक, निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’मा अभिनेत्रीको रुपमा आँचल शर्मा भित्रिएकी छन् । निर्माण ब्यानर क्लक वर्क कृयसनले फिल्मको मुख्य अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको हो ।
अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोस्रो सहकार्य हो । यसपछि यही टिमले तेस्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।
आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।