प्रसाद २ ट्रेलर : सत्ताको खेल र जातीय विभेदको परिदृश्य

फिल्मी फण्डा । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमा सत्ताको खेल र जातीय विभेदको कथा देखाइएको छ । विपिन कार्की, अर्पण थापा, केकी अधिकारी, महेश त्रीपाठीको मुल्ख्य भूमिका रहेको यो फिल्मको पहिलो संस्करणलाई दर्शकले रुचाएका थिए । 

सामाजिक कथामा निर्माण भएको यो फिल्म आगामी चैत्र २४ मा रिलिज हुने भएको छ । पहिला यो फिल्म बैशाख १ मा रिलिज हुने भनिएको थियो । तर, बैशाख एकमा ‘नाइँ नभन्नु ल ५’ सहित अन्य ३ फिल्म रिलिज हुने भएपछी यो फिल्मले आफुलाई अगाडी धेकेलेको हो । 

जे होस्, सुभाष थापाको प्रस्तुतीमा सुदर्शन बस्नेतले निर्माण गरेको फिल्ममा सुशील पौडेलको कथा, राजेश श्रेष्ठको छायांकन, विक्रम स्वारको कोरीयोग्राफी, मिलन श्रेष्ठको सम्पादन र राजनराज सिवाकोटीको संगीत छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech