फिल्मी फण्डा । फागुनको १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो।
चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । नाजिर चलचित्रमा ५ फरक गेटअपमा प्रस्तुत भएका छन ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रको वितरण डिसीएनले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।