अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र 'जिग्री' को टिजर सार्वजनिक 

फिल्मी फण्डा । फिल्म 'जिग्री'को टिजर सार्वजनिक भएको छ ।  अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्मको करिब १ मिनेट लामो टिजर सार्वजनिक भएको हो । टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । चलचित्र फागुन ४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

कमेडी–क्राइम–एक्सन ड्रामाको मिश्रण रहेको चलचित्र 'जिग्री'लाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा मुख्य कलाकारहरू सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।

सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech