फिल्मी फण्डा । नीता ढुंगाना अभिनित पहिली हिन्दि भोजपुरी फिल्म 'माही' पोस्टर रिलिज भएको छ ।
पहिलो हिन्दि-भोजपुरी फिल्म 'माही'को पोस्टर सार्वजनिक भएको छ । नेपाली अभिनेत्री नीता ढुंगाना अभिनित फिल्म माहि इण्डियाभरी रिलिज हुने भएको छ ।
चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा अभिनेत्री नीता संगै आनन्द ओझा र प्रदीप रावतको पनि मुख्य भूमिका रहेको छ । हिन्दि र भोजपुरी संगै तामिल र तेलुगु भाषामा पनि रिलिज हुनेछ ।
नीता केहि वर्षदेखि भोजपुरी फिल्ममा पनि सक्रिय छिन् । हाल उनले आफ्नै व्यानरमा निर्माण गरिरहेको नेपाली फिल्म ह्रश्व दीर्घको पहिलो सेड्युलको छायांकन सकेर दोस्रो सेड्युलको छायांकनको तयारी गरिरहेकी छन् ।