फिल्मी फण्डा । बक्स अफिसमा हिट मानिएको सिनेमा 'नाइँ नभन्नु ल' को पाँचौं सिरिज बैशाख १ बाट प्रदर्शनमा आउदै छ । प्रदर्शनमा आउन डेढ महिना बाँकी रहँदा सिनेमाको टिजर सार्वजनिक भएको छ ।
एक्सनले भरिएको टिजरमा प्रेम र रोमान्स पनि देखाइएको छ । टिजरमा डेब्यु अभिनेता आशिर्वाद बि. छेत्रीले गज्जबको एक्सन गरेको देख्न सकिन्छ ।
आंचल शर्मा, प्रीयंका कार्की, सरोज खनाल, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको सिनेमालाई विकास राज आचार्यले निर्देशन गरेका हुन् ।