खेलाडीको सम्मान स्वरुप हरिवंशको स्वरमा  ‘हामी नेपाली, हाम्रो खेलाडी’ बोलको गीत सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । गायक तथा अभिनेता हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् ।

स्वीडेनमा रहेका गीतकार डा दीपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यदृश्य समेटिएका छन् । 

विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशीला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech