नेपाली फ्यानले ‘डंकी’को गीत ‘लुटुपुट गया’मा भिडियो बनाएपछि शाहरुख खान मख्ख 

फिल्मी फण्डा।  बलिउड नायक शाहरुख खानको  आगामी फिल्म ‘डंकी’ पुस ५ गते रिलिज हुँदैछ । यसका लागि शाहरुख फिल्मको प्रचारमा कस्सिएका छन् । यसका लागि उनले कुनै मौका बाँकी राखेका छैनन् । उनी यसका लागि फ्यानसँग सामाजिक सञ्जालमार्फत भलाकुसारी पनि गर्छन् ।

बिहीबार शाहरुखले यस्तै गरे । नेपाली फ्यानले ‘डंकी’को गीत ‘लुटुपुट गया’मा नाच्दै गरेको भिडियो एक्समा हालेका थिए । ‘डंकी मेनिया सुरु भयो । इटहरीको हाम्रो समूहले लुटपुट गयामा नाचेको छ । नेपाल लभ यु, किङ खान,’ शाहरुख र तापसी पन्नुलाई मेन्सन गर्दै फ्यानले पोस्ट गरेका छन् ।


शाहरुखले पनि यस्तै रमाइलो पाराले जवाफ दिएका छन् । शाहरुख लेख्छन्, ‘धन्यवाद नेपाल । तिमीहरु यति राम्रोसँग नाचेको भिडियो हेरेपछि म पनि लुटपुटिएको छु ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech