फिल्मी फण्डा । गायक तथा मोडल मदन घलानको सोल्ठीनीको गाउँ बोलको नयाँ गित सार्वजनिक भएको छ । उनको आफ्नै अफिसियल युटुब च्यानल मदन घलानमार्फत उक्त गित सार्वजनिक गरिएको हो ।
गितमा मदन घलानको स्वर रहेको छ भने मोडलिङमा घलानको साथमा रिया लामाको नृत्य रहेको छ । गित हर्क साउदले लेखेका हुन भने ,संगित मनोज थापामगरले भरेका छन ।
उक्त गितमा विनोद याक्खाको निर्देशन,छाँयाकन र सम्पादन रहेको छ ।