फिल्मी फण्डा । सलमान खान र कट्रिना कैफको 'टाइगर ३' को टिजर सार्वजनिक भएको छ। शुक्रबार यशराज फिल्म्सको युट्युब च्यानलमार्फत ‘टाइगर इज ब्याक’ नारासहित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। टिजरमा सलमान र इमरान हासमीको टकराव देख्न सकिन्छ।
आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्।