गायक किरण पुन्जले नयाँ गीत ‘निर्णय’ सार्वजनिक (भिडियो)

फिल्मी फण्डा  । गायक किरण पुन्जले नयाँ सांगीतिक सौगात ‘निर्णय’ सार्वजनिक गरेका छन्।  भिडियो गायक पुञ्जको अफिसिएल च्यानल ‘किरण पुन्ज‘ मार्फत सार्वजनिक भएको हो।  गायक पुन्ज र सविना गिरीको भिडियोमा अभिनय रहेको छ। भिडियोमा नितेश लामा ( नियोन ) को छायाँकन, सम्पादन रहेको छ भने राजेन्द्र वाइबा तामाङको निर्देशन रहेको छ। 

झण्डै दुई दशकदेखि संगीतमा सक्रिय गायक पुन्जले प्रयाग संगीत विद्यालयबाट संगीत प्रभाकर गरेका हुन्। गायक पुन्ज २०६४ साल देखि संगीत शिक्षकको रुपमा समेत कार्यरत छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech